काठमाडौं । महोत्तरीमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ।
लोहरपट्टी नगरपालिका–४ गेउरस्थित खोलामा डुबेर स्थानीय धनबिर मण्डलका ११ वर्षीय छोरा सिदार्थ मण्डल गम्भीर घाइते भएका थिए।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार डुबेर अशक्त भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
