काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक लीला पिटर्स याहियाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
राष्ट्रपति भवनमा भएको भेटका क्रममा नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको आपसी सहयोग र साझेदारीलाई थप विस्तार गर्ने विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
भेटमा नेपालमा सञ्चालन भइरहेका विकास, शान्ति तथा मानवीय सहायता कार्यक्रमलाई अझ प्रभावकारी बनाउने विषयमा पनि कुराकानी भएको बताइएको छ ।
दुवै पक्षले दीगो विकास लक्ष्य हासिल गर्न सहकार्य सुदृढ पार्ने र अन्तर्राष्ट्रिय सहयोगलाई अझ परिणाममुखी बनाउने विषयमा जोड दिएका छन् ।
