आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता (कर प्रस्तावबाहेक) माथि प्रतिनिधिसभामा जेठ ४, ५ र ६ गते छलफल हुने भएको छ।
बिहीबार राति अबेरसम्म बसेको बैठकमा सभामुख डोलप्रसाद अर्यालले दलीय प्रतिनिधित्वका आधारमा छलफलका दिन तोकेका हुन्।
सभामुख अर्यालले छलफलमा भाग लिने सांसदहरूलाई जेठ ४ गतेको बैठकभन्दा एक घण्टा अगाडि कार्यव्यवस्था परामर्श समितिमा नाम बुझाउन समय दिएका छन्।
साथै, छलफलको अभिलेख (टिपोट) गर्न अर्थ मन्त्रालय र प्रतिनिधिसभा सचिवालयका कर्मचारीलाई निर्देशन दिइएको छ।
प्रतिनिधिसभाको अर्को बैठक जेठ ४ गते सोमबार बिहान ११ः०० बजे बस्ने तय भएको छ।
