काठमाडौं । रामचन्द्र पौडेल ले नियुक्ति, हेरफेर तथा कार्यविभाजनसहित मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम २०८२ चैत १३ गते गठन भएको मौजुदा मन्त्रिपरिषद्मा बालेन्द्र शाह को सिफारिसमा बुधबार नयाँ नियुक्ति, जिम्मेवारी हेरफेर तथा कार्यविभाजन गरेका हुन् ।
राष्ट्रपति कार्यालयद्वारा जारी सूचनाअनुसार पुनर्गठित मन्त्रिपरिषद्मा विभिन्न मन्त्रालयको जिम्मेवारी फेरबदल गरिएको छ । नयाँ मन्त्रीहरूको नियुक्तिसँगै केही मन्त्रीको कार्यक्षेत्रसमेत परिवर्तन गरिएको जनाइएको छ ।

