काठमाडौं– काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपति पदको दैनिक कार्य सञ्चालनका लागि प्रा.डा. ऋषीकेश वाग्लेलाई जिम्मेवारी दिइएको छ।
शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेलका अनुसार रिक्त रहेको उपकुलपति पदमा नयाँ नियुक्ति नभएसम्मका लागि वाग्लेलाई कार्यवाहक जिम्मेवारी तोकिएको हो।
वैशाख ३० गते प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपतिस्तरको निर्णयअनुसार उक्त जिम्मेवारी प्रदान गरिएको मन्त्रालयले जनाएको छ।
नयाँ उपकुलपति नियुक्त नहुँदासम्म विश्वविद्यालयका नियमित प्रशासनिक तथा शैक्षिक गतिविधि सञ्चालनको दायित्व वाग्लेको नेतृत्वमा रहनेछ।
