काठमाडौं । स्थानीय बजारमा आज बिहीबार सुन–चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । बुधबारको तुलनामा सुन प्रतितोला ३०० रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढेको नेपाल सुन–चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख दुई हजार ५०० रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला पाँच हजार ७४५ रुपैयाँ निर्धारण गरिएको छ ।
यसअघि बुधबार छापावाल सुन प्रतितोला तीन लाख दुई हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य पाँच हजार ७१० रुपैयाँ कायम थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति औँस चार हजार ७०० अमेरिकी डलर तथा चाँदी ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
