काठमाडौँ । विपक्षी दलहरूको अवरोधका कारण बुधबार स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बिहीबार बिहान ११ बजे पुनः बस्दैछ।
प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिको माग गर्दै विपक्षी दलहरूले सभामुख डोलप्रसाद अर्यालसँग रुलिङको मागसहित सदनमै विरोध जनाएपछि बैठक कार्यसूचीमा प्रवेश नगरी पटक–पटक स्थगित गरिएको थियो।
लगातारको अवरोधपछि बुधबारको बैठक स्थगित गरिएको भए पनि आजका लागि नयाँ समय निर्धारण गर्दै बैठक बोलाइएको हो।
आजको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यसूची रहेको छ।
