काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई बिक्री गरिएको प्रकरणमा संलग्न रहेको अभियोगमा उनलाई बुधबार बिहान पक्राउ गरेको हो ।
यसअघि उक्त प्रकरणमा पलिना श्रेष्ठ र नरेन्द्र उलकलाई पनि गत शुक्रबार पक्राउ गरिएको थियो । उनीहरू पक्राउ परेपछि पाण्डे कार्यालय जान छाडेको बताइएको छ ।
घटनापछि नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले गत सोमबार विज्ञप्ति जारी गर्दै आफ्ना प्रमुख कार्यकारी अधिकृतविरुद्ध आएका समाचार भ्रामक रहेको दाबी गरेको थियो ।

