अर्घाखाँची । पाणिनी गाउँपालिका–८ दुर्गा फाँट कुडेलेमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।
ध१ख ५०४ नम्बरको बस दुर्घटनाबारे पूर्व गाउँपालिका अध्यक्ष अच्युत गौतम ले जानकारी दिएका हुन् । दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय अर्घाखाँची को टोली घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेको छ ।
घाइतेहरूलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल अर्घाखाँची र मिसन अस्पताल पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक विवरण अनुसार बसमा मोदी गाउँपालिका–पातिचौरबाट सुपादेउराली दर्शन गर्न गएका यात्रुहरू सवार थिए ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
