काठमाडौं । बिहीबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य वृद्धि भएको छ । सुन तोलामा रु १ हजार ३०० र चाँदी तोलामा रु १२० ले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु २ लाख ९९ हजार ९०० पुगेको छ भने चाँदी प्रतितोला रु ५ हजार २७५ मा कारोबार भइरहेको छ ।
हिजो बिहीबार छापावाल सुन प्रतितोला रु २ लाख ९८ हजार ६०० र चाँदी रु ५ हजार १५५ मा कारोबार भएको थियो । त्यस्तै, गत बुधबार सुन प्रतितोला रु २ लाख ९६ हजार ८०० र चाँदी रु ५ हजार ५० मा खरिद–बिक्री भएको थियो ।
यसैबीच अन्तरराष्ट्रिय बजारमा पनि सुन र चाँदीको मूल्यमा उतारचढाव देखिएको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज एक औँस सुन करिब अमेरिकी डलर ४ हजार ७१५ मा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
