1. Home
  2. ब्रेकिङ न्युज
  3. कोसीमा प्राविधिक शिक्षालयको गुणस्तर स्तरीकरण प्रक्रिया सुरु

कोसीमा प्राविधिक शिक्षालयको गुणस्तर स्तरीकरण प्रक्रिया सुरु

कोसी प्रदेश । प्राविधिक शिक्षालाई गुणस्तरीय र रोजगारमुखी बनाउने उद्देश्यसहित कोसी प्रदेशमा प्राविधिक शिक्षालयहरूको स्तरीकरण (वर्गीकरण) प्रक्रिया सुरु गरिएको छ। सामाजिक विकास मन्त्रालयको आयोजना तथा क्वालिटी परियोजना टिभेट को प्राविधिक सहय...

yuktitimesबुधबार, २३ वैशाख, २०८३ ००:००
३० असोज २०८३
1 min read
Follow
कोसीमा प्राविधिक शिक्षालयको गुणस्तर स्तरीकरण प्रक्रिया सुरु

कोसी प्रदेश । प्राविधिक शिक्षालाई गुणस्तरीय र रोजगारमुखी बनाउने उद्देश्यसहित कोसी प्रदेशमा प्राविधिक शिक्षालयहरूको स्तरीकरण (वर्गीकरण) प्रक्रिया सुरु गरिएको छ।

सामाजिक विकास मन्त्रालयको आयोजना तथा क्वालिटी परियोजना टिभेट को प्राविधिक सहयोगमा पहिलो चरणअन्तर्गत १० वटा शिक्षालय र आठ वटा पालिकाका प्रतिनिधिलाई सहभागी गराएर सहजीकरण कार्यक्रम सञ्चालन गरिएको हो।

मन्त्रालयका अनुसार होटलहरूको ‘तारे’ वर्गीकरण र निजी विद्यालयको ‘ग्रेडिङ’ जस्तै अब प्राविधिक शिक्षालयलाई पनि निश्चित मापदण्डका आधारमा स्तर निर्धारण गरिनेछ।

शैक्षिक प्रशासन महाशाखा प्रमुख लक्ष्मी न्यौपानेले प्रारम्भिक चरणमा स्तरीकरणका लागि योग्य ठहरिएका १० शिक्षालय र आठ पालिकालाई छनोट गरी प्रक्रिया अघि बढाइएको जानकारी दिइन्। उनका अनुसार यसले प्रदेशका प्राविधिक शिक्षालयहरूको वास्तविक अवस्था र गुणस्तर पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।

कार्यक्रममा सामाजिक विकासमन्त्री रामप्रसाद महतोले प्राविधिक शिक्षालाई व्यवहारमै रोजगारसँग जोड्नुपर्नेमा जोड दिए। उनले गुणस्तरीय शिक्षा सुनिश्चित गर्न स्तरीकरण आवश्यक रहेको उल्लेख गर्दै सही शिक्षालय छनोटमार्फत प्रभावकारी कार्यान्वयनमा जोड दिए।

कार्यक्रम संयोजक डा. शिवप्रसाद दाहालले सीटीईभीटी ले निर्धारण गरेका स्तरीकरणका मापदण्ड र चरणबारे जानकारी गराउँदै गुणस्तर सुनिश्चितता तथा मान्यता प्राप्त गर्न आवश्यक सूचकहरू पूरा गर्नुपर्ने बताए।

स्तरीकरणका लागि योग्य शिक्षालयलाई प्रणालीमा आबद्ध गराउने र प्राविधिक जटिलता समाधान गर्ने उद्देश्यले सहजीकरण कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ। सहभागीहरूले यो अभ्यासले प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्ने र प्राविधिक शिक्षामा एकरूपता ल्याउने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति: बुधबार, २३ वैशाख, २०८३ ००:००

शेयर गर्नुहोस्:

yuktitimes logo

समाचारदाता

yuktitimes

Trending Now

Kathmandu Desk | Policy Watch | Public Service | Fact Check
Latest news
Today's news
yuktitimes
Web StoriesLatest news
  • गृह
  • समाज
  • राजनीति
  • सरकार
  • सुरक्षा
  • अर्थतन्त्र
  • विश्व
  • कृषि
  • खेलकुद
  • विचार
  • फोटो
सत्य, तथ्य र जनसरोकार

yuktitimes

जनताको आवाज, जिम्मेवार पत्रकारिता।

हाम्रो बारेमा

Independent reporting and the latest stories from yuktitimes.

हरेक खबरमा खोजौँ थप सन्दर्भ।

ताजा समाचार पढ्नुहोस्

समाचारका विषय

  • ब्रेकिङ न्युज
  • समाचार
  • राजनीति
  • विश्व
  • अर्थतन्त्र
  • समाज
  • खेलकुद

थप सामग्री

  • ताजा समाचार
  • चर्चामा
  • फोटो फिचर
  • सार्वजनिक सूचना

समाचार कक्ष

प्रकाशक
Yuktitimes
कार्यकारी सम्पादक
दर्ता नम्बर
Yuktitimes01@gmail.com
9820778862
Damak-Jhapa

© २०२६ yuktitimes। सर्वाधिकार सुरक्षित।

सत्यको पक्षमा, जनताको साथमा।