काठमाडौँ । सरकारले ‘मालपोत कार्यालय’को नाम परिवर्तन गरी ‘भूमि प्रशासन कार्यालय’ बनाएको छ।
सरकारले जारी गरेको केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेशमार्फत मालपोत ऐन र जग्गा (नाप जाँच) ऐनमा रहेको ‘मालपोत कार्यालय’ शब्द हटाएर त्यस स्थानमा ‘भूमि प्रशासन कार्यालय’ उल्लेख गरिएको हो।
त्यसैगरी, ऐनमा रहेको ‘मालपोत अधिकृत’ पदनामलाई पनि परिवर्तन गरी ‘भूमि प्रशासन अधिकृत’ बनाइएको छ।
सरकारका अनुसार नाम परिवर्तनसँगै भूमि प्रशासनसँग सम्बन्धित सेवा प्रवाहलाई अझ व्यवस्थित, आधुनिक र प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।
