काठमाडौं । ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ लागू भएसँगै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का १९ जना सदस्य पदमुक्त भएका छन्।
युवा तथा खेलकुद मन्त्रालयले सूचना जारी गर्दै उपाध्यक्ष ध्रुव आचार्यसहित नन्दा बस्याल, जगतसिंह धामी, सुवर्ण श्रेष्ठलगायत सदस्यहरू पदमुक्त भएको जनाएको हो।
सरकारले राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेपछि देशभर १ हजार ५९४ पदाधिकारी पदमुक्त भएका छन्, जसको असर राखेपमा पनि परेको छ। यससँगै राखेपको कार्यकारी बोर्डमा बहुमत सदस्य हट्दा हाल तीन सदस्य मात्र बाँकी रहेका छन्।
कार्यकारी समिति अपूर्ण बनेपछि निर्णय प्रक्रियामा जटिलता आउने देखिएको छ। मन्त्रालयका अनुसार नयाँ नियुक्ति नभएसम्म वरिष्ठ कर्मचारीहरूले कायममुकायम रूपमा जिम्मेवारी सम्हाल्नेछन्।
