काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ को निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ले छापा मारेको घटनाप्रति आपत्ति जनाएको छ।
आज बसेको दलको बैठकले विभागले सामान्य सूचना समेत नदिई छापामार शैलीमा अनुसन्धान अघि बढाएको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गरेको हो।
बैठकको निर्णयमा भनिएको छ, “मुख्यमन्त्री बानियाँप्रति संवैधानिक प्रक्रिया अवलम्बन नगरी निजी निवास र विगतमा आबद्ध कार्यालयहरूमा गरिएको छापामार शैलीको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण भएको छ।” साथै, दलले आरोपबारे संवैधानिक र कानुनी दायराभित्र रहेर निष्पक्ष तथा न्यायोचित छानबिन गर्न आग्रह गरेको छ।
यसैबीच, बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि आयोजना छनोट गर्दा प्रदेशसभा सदस्यहरूको माग र भौगोलिक अवस्थालाई आधार मान्ने निर्णय समेत गरेको जनाएको छ।
