काठमाडौँ / नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सोमबार सुन तोलाको ३०० रुपैयाँ र चाँदी २० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख ९४ हजार ८०० रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन आइतबार सुन २ लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य ५ हजार ३० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार १० रुपैयाँ रहेको थियो ।
