काठमाडौं — नेपाली बजारमा आज सुनको मूल्य घट्दा चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घ का अनुसार आज छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले घटेर २ लाख ९५ हजार १०० रुपैयाँ कायम भएको छ।
यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला ६५ रुपैयाँले वृद्धि भई ५ हजार १० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ। शुक्रबार चाँदी ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो।
