झापा — क्लब हिमालयन टाइगरले नयाँ वर्ष २०८३ को अवसरमा क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न गरेको छ। आयोजित कार्यक्रममा क्लबका केन्द्रीय अध्यक्ष रेवत चन्द्र भण्डारीको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमका क्रममा अध्यक्ष भण्डारीले क्यालेन्डर विमोचन गर्दै सम्पूर्णमा नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना व्यक्त गर्नुभयो। उहाँले क्लबले विगत वर्षझैँ यस वर्ष पनि विभिन्न सामाजिक तथा रचनात्मक गतिविधिहरूलाई निरन्तरता दिँदै आगामी दिनहरूमा अझ प्रभावकारी रूपमा काम गर्ने बताउनुभयो।
क्लबले अघिल्लो वर्षझैँ यस वर्ष पनि नयाँ वर्षको क्यालेन्डर प्रकाशन गरेको हो। क्यालेन्डरमार्फत क्लबका गतिविधि तथा सन्देशहरूलाई समुदायसम्म पुर्याउने उद्देश्य राखिएको जनाइएको छ।
कार्यक्रममा क्लबका पदाधिकारी, सदस्यहरू तथा स्थानीयको उपस्थिति रहेको थियो।
