बैशाख -१८ , दमक | वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जनालाई प्रहरीले काठमाडाैँबाट पक्राउ गरेको छ ।
पीडित पक्षले दिएको उजुरीको आधारमा उनीहरुलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूले ४५ जनाबाट तीन करोड १६ लाख रुपैयाँ ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
रकम लिएपछि सम्पर्कविहीन भएका उनीहरुको विरुद्धमा पीडितहरुले उजुरी दिएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले खोजी सुरु गरेको थियो।
पक्राउ मध्ये २ जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ भने अन्य ५ जनालाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।
