काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बीमा ऐन २०७९ विपरीतको कसुर गरेको आरोपमा उनलाई पक्राउ गरेको जनाएको छ। ४६ वर्षीय श्रेष्ठलाई काठमाडौंको कागेश्वरी मनहरा–५ क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।
सीआईबीका अनुसार नेपाल बीमा प्राधिकरणको पत्रका आधारमा अदालतबाट अनुमति लिएर अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
