1. Home
  2. ब्रेकिङ न्युज
  3. माध्यमिक तहमा अनिवार्य कम्प्युटर विषय लागू नभएको भन्दै पूर्वशिक्षामन्त्री महावीर पुनको आक्रोश

माध्यमिक तहमा अनिवार्य कम्प्युटर विषय लागू नभएको भन्दै पूर्वशिक्षामन्त्री महावीर पुनको आक्रोश

काठमाडौं । पूर्वशिक्षामन्त्री तथा स्वतन्त्र सांसद महावीर पुनले माध्यमिक विद्यालयमा अनिवार्य कम्प्युटर विषय लागू गर्ने आफ्नो निर्णय कार्यान्वयन नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले आफू मन्त्...

yuktitimesमंगलबार, १५ वैशाख, २०८३ ००:००
३० असोज २०८३
1 min read

Trending Now

Follow
माध्यमिक तहमा अनिवार्य कम्प्युटर विषय लागू नभएको भन्दै पूर्वशिक्षामन्त्री महावीर पुनको आक्रोश

काठमाडौं । पूर्वशिक्षामन्त्री तथा स्वतन्त्र सांसद महावीर पुनले माध्यमिक विद्यालयमा अनिवार्य कम्प्युटर विषय लागू गर्ने आफ्नो निर्णय कार्यान्वयन नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले आफू मन्त्री हुँदा हरेक माध्यमिक विद्यालयमा १०० पूर्णाङ्कको अनिवार्य कम्प्युटर विषय पढाउने निर्णय गरिएको भए पनि सम्बन्धित निकायहरूले त्यसको कार्यान्वयन नगरेको आरोप लगाएका छन्।

पुनका अनुसार राष्ट्रिय पाठ्यक्रम प्रारूप तयार गर्ने, पाठ्यक्रम विकास केन्द्रमार्फत पाठ्यपुस्तक विकास गर्ने, शिक्षा आयोगमार्फत कम्प्युटर शिक्षकको लाइसेन्स परीक्षा सञ्चालन गर्ने तथा अर्थ मन्त्रालयसँग समन्वय गरी शिक्षक दरबन्दी व्यवस्थापन गर्ने जस्ता प्रक्रिया सुरु गर्न निर्देशन दिइएको थियो।

तर ती सबै कामहरू अपेक्षाअनुसार अघि नबढेको उनले बताएका छन्। उनले लेखेका छन्, “त्यति बेला काम सुरु भएको थियो, त्यसैले काम भयो होला भन्ने लागेको थियो, तर अहिले बुझ्दा केही पनि प्रगति नभएको रहेछ।”

पूर्वमन्त्री पुनले अब सम्बन्धित निकायका अधिकारीहरूलाई शिक्षा समितिमा बोलाएर यस विषयमा छलफल तथा जवाफदेही बनाउनुपर्ने मागसमेत गरेका छन्।

प्रकाशित मिति: मंगलबार, १५ वैशाख, २०८३ ००:००

शेयर गर्नुहोस्:

yuktitimes logo

समाचारदाता

yuktitimes

Kathmandu Desk | Policy Watch | Public Service | Fact Check
Latest news
Today's news
yuktitimes
Web StoriesLatest news
  • गृह
  • समाज
  • राजनीति
  • सरकार
  • सुरक्षा
  • अर्थतन्त्र
  • विश्व
  • कृषि
  • खेलकुद
  • विचार
  • फोटो
सत्य, तथ्य र जनसरोकार

yuktitimes

जनताको आवाज, जिम्मेवार पत्रकारिता।

हाम्रो बारेमा

Independent reporting and the latest stories from yuktitimes.

हरेक खबरमा खोजौँ थप सन्दर्भ।

ताजा समाचार पढ्नुहोस्

समाचारका विषय

  • ब्रेकिङ न्युज
  • समाचार
  • राजनीति
  • विश्व
  • अर्थतन्त्र
  • समाज
  • खेलकुद

थप सामग्री

  • ताजा समाचार
  • चर्चामा
  • फोटो फिचर
  • सार्वजनिक सूचना

समाचार कक्ष

प्रकाशक
Yuktitimes
कार्यकारी सम्पादक
दर्ता नम्बर
Yuktitimes01@gmail.com
9820778862
Damak-Jhapa

© २०२६ yuktitimes। सर्वाधिकार सुरक्षित।

सत्यको पक्षमा, जनताको साथमा।