झापा, दमकस्थित हिमालय माध्यमिक विद्यालयमा आर्थिक अनियमितता गरेको आरोपमा तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्याई भ्रष्टाचार गरेको ठहर गर्दै उनीहरूविरुद्ध अभियोग दर्ता गरेको हो। अनुसन्धानका क्रममा विद्यालयको रकम दुरुपयोग भएको निष्कर्ष निकाल्दै आयोगले दुवै जनालाई कारबाहीको दायरामा ल्याएको जनाएको छ।
आयोगले ९३ लाख ८३ हजार ३०९ रुपैयाँ बिगो कायम गर्दै सोही बराबरको जरिवाना, कैद सजाय र बिगो असुलउपर गर्न अदालतसमक्ष माग दाबी पेश गरेको छ।

