काठमाडौं । लगातार बढिरहेको सुन र चाँदीको भाउ आज घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेको छ । हिजो तोलामा ३ लाख ५०० रुपैयाँमा कारोबार भएको सुन आज घटेर तोलाको २ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको भाउ पनि आज तोलामा ५० रुपैयाँले घटेको छ । हिजो तोलाको ५ हजार ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको ४ हजार ९९५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
