उदयपुर । सुनकोशी नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका लिम्चुङबुङ गाउँपालिका–४ जाँतेका ५१ वर्षीय शमशेर राई पाँच दिनपछि मृत अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गत मङ्गलबार साथीहरूसँग माछा मार्न गएका राई सोही दिन दिउँसो करिब ३ बजे सुनकोशी नदीमा बेपत्ता भएका थिए । घटनापछि निरन्तर खोजी कार्य सञ्चालन गरिएको थियो ।
खोजीको क्रममा पाँच दिनपछि उनको शव फेला परेको प्रहरीले जनाएको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परिवारलाई बुझाउने तयारी भइरहेको छ ।
