काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक सोमबार दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी बोलाइएको एक मन्त्रीले जानकारी दिएका छन् ।
ती मन्त्रीका अनुसार बैठकको औपचारिक एजेन्डा सार्वजनिक नगरिए पनि सरकारका नियमित कामकारबाहीबारे छलफल हुने अपेक्षा गरिएको छ । साथै, सम्भावित रूपमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउने विषयमा पनि प्रारम्भिक छलफल हुन सक्ने बताइएको छ ।बालेन शाह
सरकारले पछिल्ला नीतिगत निर्णयहरू र प्रशासनिक प्रक्रियालाई तीव्र बनाउन मन्त्रिपरिषद् बैठकमार्फत विभिन्न महत्वपूर्ण विषयहरूमा छलफल गर्दै आएको छ ।
