काठमाडौं । हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलाको २ लाख ९९ हजार २०० रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिनको तुलनामा सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँले बढेको हो।
यसअघि शुक्रबार सुनको भाउ तोलाको २ लाख ९६ हजार ५०० रुपैयाँमा रहेको थियो। बुधबारयता लगातार तीन दिन घटेको सुनको मूल्य आइतबार भने बढेको हो। शुक्रबार मात्रै सुन तोलामा २ हजार २०० रुपैयाँले घटेको थियो।
त्यस्तै चाँदीको भाउ पनि बढेको छ। आइतबार चाँदी तोलामा ५० रुपैयाँले बढेर ४ हजार ९९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। अघिल्लो दिन शुक्रबार चाँदीको भाउ तोलाको ४ हजार ९४५ रुपैयाँ रहेको थियो।
