काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुन–चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघ का अनुसार आज सुनको भाउ प्रतितोला १,८०० रुपैयाँले घटेको हो।
आज सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन सुन प्रतितोला ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो भने गत बिहीबार ३ लाख २ हजार ८ सय रुपैयाँ पुगेको थियो।
त्यसैगरी, चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला ११० रुपैयाँले घटेर ५ हजार २० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी ५ हजार १३० रुपैयाँमा कारोबार भएको थियो भने गत बिहीबार ५ हजार २८० रुपैयाँ रहेको थियो।
अन्तर्राष्ट्रिय बजारको उतारचढावको प्रभावसँगै स्थानीय बजारमा पनि सुन–चाँदीको मूल्यमा निरन्तर परिवर्तन देखिँदै आएको छ।
