पश्चिम नवलपरासी — प्रतापपुर–५ भैरमपुर मा भएको आगलागीबाट १२ वटा घर जलेर पूर्ण रूपमा नष्ट भएका छन्। घटनाबाट करिब ४ करोड ४४ लाख ८० हजार रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ।
जिल्ला प्रहरी कार्यालय का सूचना अधिकारी वीरदत्त पन्त का अनुसार आगलागीबाट सबै घर पूर्ण रूपमा खरानी भएका छन्। घरभित्र रहेका जिन्सी सामान, नगद तथा अन्य सम्पत्तिसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
घटनापछि प्रतापपुर गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी ले अग्निपीडितहरूलाई राहत सामग्री वितरण गरेका छन्।
यसैबीच, प्रतिनिधिसभा सदस्य विक्रम खनाल ले पीडितहरूलाई आवश्यक राहत उपलब्ध गराउन आफू सक्रिय रूपमा लागिरहेको बताएका छन्।
