अमेरिकी अर्थ मन्त्रालय ले इरानसँग सम्बन्धित गतिविधिमा संलग्न रहेको आरोपमा १४ जना व्यक्ति, कम्पनी तथा केही विमानमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ। प्रतिबन्ध इरान, टर्की र यूएईमा रहेका लक्षित समूहहरूमाथि लगाइएको हो।
अमेरिकी पक्षका अनुसार ती व्यक्ति र संस्थाहरू इरान सरकारका लागि हतियार तथा हतियारका पार्ट–पुर्जा खरिद र आपूर्ति गर्ने काममा संलग्न रहेको आरोप छ। यस कदमलाई इरानमाथि थप आर्थिक दबाव सिर्जना गर्ने रणनीतिका रूपमा हेरिएको छ।यो कारबाही डोनाल्ड ट्रम्प ले इरानसँगको युद्धविराम अवधि लम्ब्याउने घोषणा गर्नुभन्दा अघिनै गरिएको बताइएको छ। बीबीसी का अनुसार पछिल्लो प्रतिबन्धमार्फत अमेरिकाले इरानी शासनमाथि आर्थिक दबाब कायम राख्न खोजेको हो।
प्रतिबन्ध सूचीमा परेका व्यक्ति र कम्पनीहरूको अमेरिकाभित्र रहेको सम्पत्ति तथा अमेरिकी नागरिकसँगको आर्थिक सम्बन्ध फेला परे तत्काल रोक्का गरिने जनाइएको छ।
