काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा संसदीय दलमा नयाँ जिम्मेवारी बाँडफाँट गरेको छ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहीबार बसेको बैठकले महामन्त्री कविन्द्र बुर्लाकोटीलाई मुख्य सचेतकको जिम्मेवारी दिने निर्णय गरेको हो।
यस्तै, पार्टीले सचेतकमा क्रान्तिशिखा धिताल र प्रकाशचन्द्र परियारलाई नियुक्त गर्ने निर्णय गरेको जनाएको छ।
रास्वपाले संसदीय गतिविधिलाई थप प्रभावकारी बनाउन जिम्मेवारी हेरफेर गरिएको जनाएको छ।
