स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। सुन प्रतितोला १०० र चाँदी ३०रुपैयाले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ८०० रहेको छ भने चाँदीको मूल्य प्रतितोला ५ हजार २५० तोकिएको छ।
हिजो बुधबार छापावाल सुन प्रतितोला ३ लाख २ हजार ७०० र चाँदी ५ हजार २२० मा कारोबार भएको थियो।
अन्तरराष्ट्रिय बजारमा भने सुनको मूल्य प्रति औँस ४ हजार ८२१ अमेरिकी डलर र चाँदी प्रति औँस ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ !
