काठमाडौं । गण्डकी प्रदेशका सांसद दोर्ण कुमार कुँवर ले बुधबार सांसद पदबाट राजीनामा दिएका छन् ।
नेपाली कांग्रेस बाट निर्वाचित कुँवरले मन्त्री बन्न नपाएको असन्तुष्टिमा राजीनामा दिएको स्रोतले जनाएको छ ।
बुधबार गण्डकी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर हुँदा उनी पनि मन्त्री बन्ने प्रयासमा थिए । तर मुख्यमन्त्री एवं दलका नेता सुरेन्द्रराज पाण्डे ले उनलाई मन्त्रीमा समावेश नगरेपछि उनले राजीनामा दिएको कांग्रेसनिकट स्रोतले बताएको छ ।
स्रोतका अनुसार उनले आवेगमा राजीनामा दिएको र पछि फिर्ता लिन सक्ने सम्भावना पनि रहेको छ ।
२०७९ सालको प्रदेशसभा निर्वाचनमा कुँवर बागलुङ–२ (ख) बाट निर्वाचित भएका थिए । गण्डकी प्रदेशमा बुधबार कांग्रेस–एमाले सहमतिअनुसार मुख्यमन्त्री बाहेक अधिकांश मन्त्रीहरू हेरफेर गरिएको छ ।
