काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल सवार कार्केडलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
थापाथली क्षेत्रमा लेन क्रस गरेपछि सभामुख सवार गाडी तथा अगुवा–पछुवा सवारीलाई ‘लेन क्रस’ कसुरमा चिट काटिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एक अधिकृतले जानकारी दिए ।
बुधबार बिहान थापाथली पुलबाट माइतीघरतर्फ जाँदै गर्दा उक्त कार्केडले ट्राफिक नियम उल्लङ्घन गरेको थियो । ट्राफिक प्रहरीका अनुसार, भीआईपी सवारीलाई सडकमै रोक्न नमिल्ने भएकाले पछ्याएर सिंहदरबार पुगेर जरिवाना गरिएको हो ।
सभामुखको कार्केडमा अगुवा गाडी सामान्यतः प्रहरीको हुने र पछुवा गाडीमा सैनिक अधिकारीहरू रहने प्रचलन छ ।
