कैलाली । कैलाली को लम्कीचुहा नगरपालिका–७ गुलरास्थित पूर्व–पश्चिम राजमार्ग मा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कैलाली का अनुसार सुपप्र ०१–००१ ज १४२१ नम्बरको हाइसले सुपप्र ०१–१३ प ५१३९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। दुर्घटनामा लम्कीचुहा–८ बस्ने ३३ वर्षीय गगन राना मगर र २४ वर्षीय पुष्प सुनारको मृत्यु भएको हो।
गम्भीर घाइते भएका दुवैजनालाई उपचारका लागि टीकापुर अस्पताल लगिएको भए पनि उपचारको क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि हाइस प्रहरीको नियन्त्रणमा रहेको छ भने फरार चालकको खोजी कार्य जारी रहेको छ।
