बुटवल । पाल्पा को बगनासकाली गाउँपालिका–७ देउलाटाँडस्थित कालीगण्डकी नदी मा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक युवक मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय पाल्पा का अनुसार हिजो साँझ स्थानीय ३१ वर्षीय शरण भुसाल र १९ वर्षीय तोयनाथ बस्याल नदीमा पौडी खेल्दा डुबेर बेपत्ता भएका थिए। घटनापछि प्रहरी टोलीले तत्कालै खोजी तथा उद्धार कार्य सुरु गरेको थियो।
खोजीका क्रममा आज बिहान नदीको बीच भागबाट बगनासकाली–१ चापपानीका १९ वर्षीय तोयनाथ बस्यालको शव फेला परेको प्रहरीले जनाएको छ।
अर्का बेपत्ता भएका शरण भुसालको खोजी कार्य भने अझै जारी रहेको छ। प्रहरीले नदी आसपासका क्षेत्रहरूमा निरन्तर खोजी गरिरहेको जनाएको छ।
