काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य उल्लेखनीय रूपमा वृद्धि भएको छ। सुन प्रतितोला रु ६ हजार र चाँदी रु ३२० ले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घ का अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ३ लाख २ हजार ७०० पुगेको छ भने चाँदी प्रतितोला रु ५ हजार २२० कायम भएको छ।
यसअघि सोमबार सुन प्रतितोला रु २ लाख ९६ हजार ७०० र चाँदी रु ४ हजार ९०० मा कारोबार भएको थियो। आइतबार भने सुन रु २ लाख ९७ हजार १०० र चाँदी रु ४ हजार ९७५ मा सीमित थियो।
अन्तरराष्ट्रिय बजारको प्रभावले स्थानीय बजारमा समेत मूल्य वृद्धि देखिएको व्यवसायीहरू बताउँछन्। अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार हाल विश्व बजारमा सुन प्रतिऔँस ४ हजार ८२८ अमेरिकी डलर र चाँदी प्रतिऔँस ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
