कञ्चनपुर । कञ्चनपुर जिल्ला मा १७ वर्षदेखि फरार रहेका जबरजस्तीकरणी मुद्दाका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पुनर्वास नगरपालिका–२ अमरैया का ५४ वर्षीय बुरु (बिरा) राना रहेका छन्।
प्रहरीका अनुसार जिल्ला अदालतले २०६४ साल जेठ २० गते उनलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै ३ वर्ष कैद सजाय सुनाएको थियो। तर, सजाय सुनाइएपछि उनी लामो समयदेखि फरार रहेका थिए।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको संयुक्त टोलीले उनलाई उनकै घरबाट पक्राउ गरेको जनाएको छ।
प्रहरीले उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतमा पेश गर्ने तयारी गरेको छ।
