पाल्पा । पाल्पा जिल्ला को कालीगण्डकी नदी मा पौडी खेल्न गएका दुई जना बगेर बेपत्ता भएका छन्।
नयाँ वर्षको दिन बगनासकाली गाउँपालिका–९ का ३९ वर्षीय शरण भुसाल र २९ वर्षीय तोयानाथ बस्याल नदीमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
मंगलबार साँझ करिब पौने ५ बजेतिर बगनासकाली–७ स्थित कालीगण्डकी नदीमा उनीहरू पौडी खेल्ने क्रममा बगेका थिए। चार जनाको समूहमा गएका उनीहरूमध्ये दुई जना बेपत्ता भएका हुन् भने बाँकी दुई जना पौडिएर ज्यान जोगाउन सफल भएका छन्।
प्रहरीका अनुसार बेपत्ता भएका दुवै जना करिब ८० मिटर टाढासम्म बगेको देखिए पनि तत्काल उद्धार गर्न नसकिएको हो। रातिदेखि नै खोजी सुरु गरिएको र बुधबार बिहानदेखि पुनः खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
