कैलाली । सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला मा हाइसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत लम्कीचुहा नगरपालिका–७ गुलरा मा मंगलबार बेलुका सुप्रप्रदेश ०१–००१ ज १४२१ नम्बरको हाइसले सुप्रप्रदेश ०१–१३ प ५१३९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।
दुर्घटनामा मोटरसाइकलमा सवार गगन राना मगर (३३) र पुष्प सुनार (२४) गम्भीर घाइते भएका थिए।
घाइते दुवैलाई उपचारका लागि टीकापुर अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
