काठमाडौँ । नेपाली कांग्रेस को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्दैछ । बैठक दिउँसो २ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेगरी बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल ले जानकारी दिएका छन् ।
बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने भनिए पनि एजेन्डा सार्वजनिक गरिएको छैन । यद्यपि, पार्टीले प्रतिनिधि सभामा संसदीय दलको नेता चयनका लागि आजै प्रक्रिया सुरु गर्ने तयारी गरेकोले सो विषयमा विस्तृत छलफल हुने नेताहरूले बताएका छन् ।
त्यसैगरी, पार्टीको १५ औँ महाधिवेशनको तयारी, आन्तरिक संगठन सुदृढीकरण तथा पछिल्लो समय देखिएको गुटगत विवाद समाधानका विषयमा पनि बैठक केन्द्रित रहने बताइएको छ ।
