१ वैशाख, काठमाडौं । नयाँ वर्ष २०८३ को पहिलो दिन मंगलबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला ३ हजार १ सय रुपैयाँले बढ्दै २ लाख ९९ हजार ८ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने गत मंगलबार २ लाख ९१ हजार ८ सय रुपैयाँमा रहेको थियो ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला १६५ रुपैयाँले बढेको छ । अघिल्लो दिन ४ हजार ९ सय रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ६५ रुपैयाँ पुगेको छ । गत मंगलबार चाँदी ४ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।
