काठमाडौँ । बालेन्द्र शाह (बालेन)ले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपाली नागरिकलाई सुख, शान्ति र समृद्धिको शुभकामना दिएका छन्।
मंगलबार बिहान सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले संस्कृतको प्रसिद्ध श्लोक उद्धृत गर्दै सबैको सुस्वास्थ्य र कल्याणको कामना गरेका हुन्।
उनले सबै नागरिकको जीवनमा सुख, आरोग्य र समृद्धि छाओस् भन्ने अपेक्षा व्यक्त गरेका छन्।
उनको शुभकामना सन्देश यस्तो छ:
“सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।
सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग् भवेत्॥
हामी सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस्।
सदैव शुभ होस्, निर्विघ्नता रहोस् र दुःखको हरण होस्।
नयाँ वर्ष २०८३ को शुभारम्भको यस पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।”
