काठमाडौँ । केपी शर्मा ओली ले बितेको वर्ष २०८२ अब इतिहास बनेको उल्लेख गर्दै नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्।
मंगलबार सामाजिक सञ्जाल Facebook मार्फत सन्देश जारी गर्दै उनले सफलता वा विफलता, अवसर वा चुनौती, कमजोरी वा उपलब्धि—यी सबै अनुभवहरूलाई समीक्षा गर्दै अगाडि बढ्नुपर्ने बताएका छन्।
ओलीले विगतबाट सिक्दै भविष्यलाई स्पष्ट लक्ष्यसहित अघि बढाउनुपर्नेमा जोड दिँदै नयाँ वर्षले देशलाई सुरक्षित र समृद्ध बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
उनका अनुसार ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’ बीच प्रभावकारी समन्वय हुन सके मुलुकले सकारात्मक परिवर्तनको गति लिन सक्छ।
नयाँ वर्ष २०८३ ले देशमा स्थायित्व, समृद्धि र सहकार्यको वातावरण निर्माण गरोस् भन्ने कामनासहित उनले सबै नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।
