काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल ले संसदीय अभ्यास, संघीय संसद्को प्रभावकारी सञ्चालन तथा विधायन प्रक्रियाको सुदृढीकरणका विषयमा पूर्वसभामुखहरूसँग छलफल गरेका छन् ।
यही चैत २२ गते सभामुखमा निर्वाचित अर्यालले आज पूर्वसभामुख देवराज घिमिरे र अग्निप्रसाद सापकोटा सँग भेटघाट तथा विचार–विमर्श गरेका हुन् ।
छलफलका क्रममा नेपालको संसदीय अभ्यासका विगतका अनुभव, संघीय संसद्को कामकारबाहीलाई अझ प्रभावकारी बनाउने उपाय, तथा कानुन निर्माण प्रक्रियालाई व्यवस्थित र सुदृढ बनाउने विषयमा गहन विचार आदान–प्रदान भएको सभामुखको सचिवालयले जनाएको छ ।
