काठमाडौँ । साताको पहिलो कारोबार दिन सेयर बजारमा सामान्य गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज परिसूचक ४.१८ अंकले घटेर २८३३.६० विन्दुमा झरेको हो।
आज २ करोडभन्दा बढी कित्ता सेयर कारोबार हुँदा कुल कारोबार रकम ८ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ।
बजारमा १०५ कम्पनीको सेयर मूल्य बढ्दा १५३ कम्पनीको घटेको छ भने १२ कम्पनीको मूल्य स्थिर रहेको छ।
यस दिन सुपर खुदी हाइड्रो, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड, होटल फरेस्ट इन र पाल्पा सिमेन्ट इन्डस्ट्रिजका सेयरमा सकारात्मक सर्किट लागेको छ। यी कम्पनीका लगानीकर्ताले क्रमशः १०३.५०, ८१, ७४.९० र ३३ रुपैयाँ प्रतिकित्ता लाभ कमाएका छन्।
त्यस्तै, अधिकतम ३.६० प्रतिशतसम्म गिरावट भएका कम्पनीहरूमा युनिक नेपाल लघुवित्त, अभियान लघुवित्त र सान्भी इनर्जी लगायत रहेका छन्।
विश्लेषकहरूका अनुसार बजारमा उतारचढाव सामान्य रहे पनि कारोबार रकम उच्च देखिएको छ, जसले लगानीकर्ताको सक्रियता कायमै रहेको संकेत गर्छ।
