काठमाडौँ । नवनिर्वाचित उपसभामुख रूबीकुमारी ठाकुर ले सभामुख डोलप्रसाद अर्याल सँग पहिलो शिष्टाचार भेट गरेकी छन्।
सोमबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा सभामुख अर्यालले उपसभामुख ठाकुरलाई सफल कार्यकालको शुभकामना दिएका छन्।
भेटका क्रममा आगामी कार्यसम्बन्धी विषयमा संक्षिप्त छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।
