काठमाडौँ — डोलप्रसाद अर्याल ले पूर्वसभामुखहरू देवराज घिमिरे र अग्निप्रसाद सापकोटा सँग भेटघाट गरेका छन्।
सोमबार भएको भेटमा नेपालको संसदीय अभ्यास, विगतका अनुभवहरूको आदान–प्रदान तथा सङ्घीय संसद्को प्रभावकारी सञ्चालनबारे छलफल भएको बताइएको छ।
यसैगरी, भेटका क्रममा विधायन प्रक्रियालाई अझ सुदृढ बनाउने विषयमा समेत विचार विमर्श भएको थियो।
