ललितपुर — जावलाखेल चिडियाखाना भित्र एक पुरुष डुबेको अवस्थामा फेला परेका छन्।
सोमबार बिहान चिडियाखानाभित्रको पोखरीमा डुबेको अवस्थामा भेटिएका अन्दाजी ५५ वर्षीय पुरुषलाई उद्धार गरी उपचारका लागि पाटन अस्पताल लगिएको थियो। तर अस्पताल पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
जिल्ला प्रहरी परिसर ललितपुर का अनुसार ती पुरुष चिडियाखानाभित्र कसरी र कहिले प्रवेश गरे तथा डुबेर मृत्यु कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ।
