नेपाली बजारमा आज (सोमबार) सुन र चाँदी दुवैको भाउ घटेको छ। आइतबार सामान्य वृद्धि भएको सुनको मूल्य आज प्रतितोला ४ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९६ हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको छ। आइतबार सुन प्रतितोला २ लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि सोमबार घटेको छ। आइतबार प्रतितोला ४ हजार ९ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९ सय रुपैयाँमा किनबेच भइरहेको छ, जुन ७५ रुपैयाँले घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यमा हल्का गिरावट देखिएको छ। आज सुन प्रतिऔंस ४ हजार ७ सय २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
