कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ स्थित महाकाली प्रादेशिक अस्पताल नजिकै रहेको एक चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन्।
आइतबार बेलुकी पदमराज पन्तले सञ्चालन गरेको चिया पसलमा जुवातास भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले छापा मारेको थियो।
छापाका क्रममा प्रहरीले पसल सञ्चालक पदमराज पन्तसहित ७ जनालाई नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट नगद ३६ हजार ४४२ रुपैयाँ र एक गड्डी तास बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
