काठमाडौँ । बालेन्द्र शाह (बालेन शाह) को सम्पत्ति विवरण आइतबार सार्वजनिक गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सार्वजनिक गरिएको उक्त विवरणमा उनको व्यक्तिगत तथा पारिवारिक सम्पत्तिको विस्तृत जानकारी समेटिएको छ।
उक्त विवरणअनुसार, शाहले आफ्नो अन्य सम्पत्तिमा फेसबुक, युट्युब र ट्वीटर जस्ता सामाजिक सञ्जालहरूलाई समेत उल्लेख गरेका छन्। साथै, काठमाडौँमा पाँच आना जग्गा रहेको जानकारी पनि दिइएको छ।
पारिवारिक सम्पत्तिअन्तर्गत धनुषामा उनकी आमा ध्रुवदेवी शाहको नाममा १.२ बिघा जग्गा रहेको उल्लेख छ। त्यसैगरी, महोत्तरीमा उनका बुवा रामनारायण शाहको नाममा ९ बिघा जग्गा रहेको जनाइएको छ।
श्रीमती सविना काफ्लेको नाममा १९० तोला सुन रहेको विवरणमा उल्लेख गरिएको छ, जसलाई पैतृक सम्पत्तिको रूपमा प्रस्तुत गरिएको छ।
प्रधानमन्त्री कार्यालयमार्फत सार्वजनिक गरिएको यस विवरणले शाहको सम्पत्तिको समग्र चित्र प्रस्तुत गरेको छ।
